कोरोना संक्रमित सुदूरपश्चिम प्रदेश सभा सदस्य कुँवरलाई थप उपचारका लागी काठमाण्डौ लगियो

कोरोना संक्रमित सुदूरपश्चिम प्रदेश सभा सदस्य कुँवरलाई थप उपचारका लागी काठमाण्डौ लगियो

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा अर्थ विकास समितीका सभापति हर्क बहादुर कुँवरलाई काठमाडौं लगिएको छ । फागुन १४ गते कोरोना पुष्टि भएका कुँवरलाई स्वास्थ्यमा समस्या आएपछि आज थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो ।

स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालबाट थप उपचारको लागी काठमाडौंको ग्राण्डी अस्पतालमा लगिएको सभापति कुँवरका स्वकीय सचिव रविन्द्र बहादुर साउँदले जानकारी दिए ।

स्वकीय सचिव साउँदका अनुसार कुँवरमा ज्वरो आउने, श्वास फेर्न समस्या, छाती दुख्ने र चक्कर लाग्ने लगायतका समस्या देखिएपछि हवाई उद्दार मार्फत काठमाडौं लगिएको हो । 

May be an image of one or more people and outdoors