हातहतियार खरखजना मुद्धामा दोषी ठहर धनगढीका राना डेढ वर्षको कैद सजाय भुक्तान गरेर छुटे

हातहतियार खरखजना मुद्धामा दोषी ठहर धनगढीका राना डेढ वर्षको कैद सजाय भुक्तान गरेर छुटे

धनगढी । हातहतियार खरखजना मुद्धामा दोषी ठहर धनगढीका सञ्जय राना कैद भुक्तान गरेर छुटेका छन् । डेढ वर्षको कैद सजाय भुक्तान गरेर राना छुटेका हुन । कैलाली जिल्ला अदालतका न्यायाधिस खेमराज भट्टको ईजलासले उनलाई दोषी ठहर गर्दै डेढ बर्षको कैद र १५ हजार जरिवानाको फैसला सुनाएको थियो ।

उनले रानालाई ठगी र कागजात किर्तेमा भने सफाई पाएका थिए । २०७६ को भदौमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोली र जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीको चटकपुरबाट चार थान पेस्तोलसहित राना र अन्य दुई जनालाई पक्राउ गरेको थियो ।

धनगढी उप–महानगरपालिका–६ मटियारीका राना, सोही ठाउँका कमल बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीलाई पक्राउ गरिएको थियो । बिकले सफाई पाएका थिए भने अधिकारी ठगी र किर्तेमा दोषी ठहर भएका छन् ।