जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीलाई ट्राफिक सचेतना सम्बन्धी ब्यानर र बोर्ड हस्तान्तरण

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीलाई ट्राफिक सचेतना सम्बन्धी ब्यानर र बोर्ड हस्तान्तरण

धनगढी । लक्ष्मी एडभटाईजिङ एण्ड फ्लेक्स प्रिन्ट प्रिन्ट धनगढीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीलाई ट्राफिक सचेतना सम्बन्धी ब्यानर र बोर्ड हस्तान्तरण गरेको छ ।

मङ्गलवार एक कार्यक्रमका बिच लक्ष्मी एडभटाईजिङ एण्ड फ्लेक्स प्रिन्टका तर्फबाट प्रबन्धक जगदीश पन्तले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी चेकिङ बोर्ड, प्रवेश निषेध बोर्ड गरी थान ६ र समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना सम्बन्धी ब्यानर २२  थान जिल्ला ट्राफिक प्रहरी कार्यालयका  कार्यालय प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहरालाई हस्तान्तरण गरेका हुन् । 

सवारी दुर्घटना न्यूनीकरणमा आफ्नो अमूल्य योगदान पुर्‍याउने लक्ष्मी एडभटाईजिङ एण्ड फ्लेक्स प्रिन्ट धनगढी लाई ट्राफिक प्रहरीले धन्यवाद ज्ञापन गरेको छ । सहयोग गरिएका सामग्रीले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।