यी ५ परिस्थितिमा भुलेर पनि सेक्स नगर्नुहोस्

यी ५ परिस्थितिमा भुलेर पनि सेक्स नगर्नुहोस्

सामान्यतया यौनले दुई व्यक्तिलाई निक्कै नजिक ल्याउछ भन्ने मानिन्छ । सेक्सलाई लिएर मानिसमा फरक–फरक अवधारणा छन्, जस्तै कोही व्यक्ति जब दुखी वा खुशी हुन्छन् तब सेक्स गर्छन्, वा कहिलेकाही परिस्थितिका कारण पनि यौन सम्पर्क हुन्छ । तर, केही यस्ता परिस्थितिमा तपाईले सेक्स गर्नुबाट बच्नु पर्छ ।  

१. यौनलाई साधन बनाउनु:- यौनलाई प्रेम व्यक्त गर्ने साधनको रुपमा प्रयोग नगर्नुहोस् । यद्यपी, एकअर्कालाई प्रेम देखाउने माध्यम बनाउन सकिन्छ । यौन सम्पर्कका दौरान तपाईलाई राम्रो लाग्न सक्छ, तर पछि पछुताउनु पर्छ ।  

२. ब्रेकअपको पिडा भुलाउन:- यदी तपाईको भर्खरै ब्रेकअप भएको छ र तपाई यस पिडाबाट निस्कन चाहानुहुन्छ वा तपाईवीच सम्बन्ध राम्रो चलिरहेको छैन भने यस्तो स्थितिमा सेक्सलाई आफ्नो हतियार नबनाउनुहोस् ।

ब्रेकअपको पिडाबाट निक्लिन तपाई जे पनि गर्न तयार हुनुहोला, त्यो शारीरिक सम्बन्ध नै किन नहोस् । तपाईलाई केही क्षणलाई राम्रो महशुस हुनसक्छ, तर पछि गएर पछुताउनुहुन्छ । यस्तो अवस्थामा यौन सम्बन्ध राख्नाले तेस्रो व्यक्तिको भावना पनि चोट पुग्छ ।  

३. रिस उठेको बेला:- रिस उठेको बेला सेक्स गर्दा तपाईको पार्टनरलाई नोक्सान पुर्याउन सक्छ । जुन क्षण सुखद् हुनुपर्ने हो त्यसले दुखी बनाउन सक्छ ।  

४. साथीको दबाबमा आएर:- धेरैजसो युवा अवस्थामा साथीबाट प्रभावित भएर त्यो काम गर्छन्, जुन गर्न हुँदैन, जस्तै सेक्स ।

साथीहरुको दबाबमा आएर वा आफूलाई लायक देखाउन युवाहरु चिन्दै नचिनेको व्यक्तिसँग यौन सम्बन्ध बनाउन पुग्छन्, जोसँग वास्तवमा सेक्स गर्न चाहदैनन् । पहिलो पटक यौन सम्बन्ध बनाउनअघि अवश्य सोच्नुहोस्, तर साथीभाईको दबाबमा आएर कहिल्यै सेक्स नगर्नुहोस् । 

५. कसैलाई खुशी पार्न:- हामी जुन व्यक्तिलाई प्रेम गर्छौ र उसको ख्याल राख्छौ, उसका लागि हामी जे पनि गर्न तयार हुन्छौ, चाहे त्यो ‘सेक्स’ नै किन नहोस् ।

कसैले मनुन् वा नमानुन्, मन नहुदा नहुँदै पनि आफ्नो पार्टनरको खुशीका लागि सेक्स गर्न तयार हुन्छौ । यस्तो कदापि गर्नु हुँदैन, किनकी यसले यौन जीवन र प्रेम सम्बन्ध दुवैमा कमी ल्याउछ |