आज सीएमजी क्लब संकटा र नेपाल पुलिस क्लब बिच प्रतिस्पर्धा हुने

आज सीएमजी क्लब संकटा र नेपाल पुलिस क्लब बिच प्रतिस्पर्धा हुने

बुधबार धनगढी रंगशालामा  रुस्लान थ्री स्टार क्लबले मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै तेस्रो नेपाल आइस अन्तराष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

आज बिहिवार दोस्रो सेमिफाइनलमा सीएमजी क्लब संकटा र नेपाल पुलिस क्लब खेल्ने भएका  छन् । मोफसलकै सर्वा्धिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।