लागु औषध चरेश सहित दार्चुलाका एक जना पक्राउ

लागु औषध चरेश सहित दार्चुलाका एक जना पक्राउ

दार्चुला ।  प्रहरीले लागु औषध चरेश सहित दार्चुलाका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नौगाड गाउँपालिका—१ इयरकोट बस्ने २५ वर्षीय मदन सिंह ठेकरे रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिए । ठेकरे बंगाबगडमा होटल व्यवसाय गरिरहेका थिए ।

प्रहरीलाई शंका लागेपछि उक्त होटलमा छापा हान्दा उनको साथबाट ५२ दशमलव ७ ग्राम चरेश बरामद गरिएको उनले बताए । उनलाई पक्राउ गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गरिने जनाइएको छ ।