पश्चिमी वायूको आंशिक प्रभाव कायमै, आगामी तीन दिनसम्म यी क्षेत्रमा बर्षाको सम्भावना

पश्चिमी वायूको आंशिक प्रभाव कायमै, आगामी तीन दिनसम्म यी क्षेत्रमा बर्षाको सम्भावना

काठमाडौँ  जल तथा मौसम विज्ञान विभाग,  मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ।

प्रदेश नं १, बागमति प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहि अन्य भूभागहरूमा मौसम सामान्यतया सफा  रहेको छ। तराईका केहि स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फाल्गुन १३ गते (बिहीबार)

दिउँसो : प्रदेश नं १, बागमति प्रदेश र गण्डकी प्रदेशका आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती :  प्रदेश नं १, बागमति प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

फाल्गुन १४ गते (शुक्रबार)

दिउँसो : प्रदेश नं १, बागमति प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदलीको रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, बागमति प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदलीको रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

फाल्गुन १५ गते (शनिबार)

दिउँसो : देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती स् देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको उच्च पहाडी तथा हिमाली भु-भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।