आज थ्री स्टार क्लब र मेची नेत्रालय काकरभिट्टा बिच प्रतिस्पर्धा हुने

आज  थ्री स्टार क्लब र मेची नेत्रालय काकरभिट्टा  बिच प्रतिस्पर्धा हुने

आज हुने पहिलो सेमीफाइनलमा रुस्लान थ्री स्टार क्लब र मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर खेल्नेछन् ।

हिजो भएको खेलमा दाउफिन्स फुटबल क्लबलाई १–० ले पराजित गर्दै सीएमजी क्लब संकटा बुधबार तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मोफसलकै सर्वाधिक  धनराशीको प्रतियोगोता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५ १५ हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल माघ ५ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।