अण्डाको फोटो अभिनेत्री काइली जेनरभन्दा बढी लोकप्रिय !

अण्डाको फोटो अभिनेत्री काइली जेनरभन्दा बढी लोकप्रिय !

हलिउड अभिनेत्री र सबभन्दा धनी सेलेब्रिटीमध्ये एक काइली जेनरलाई सामाजिक सञ्जालमा एउटा अण्डाले पछारेको छ । वर्ल्ड रेकर्ड नामक इन्स्टाग्राम पेजमा अण्डाको तस्वीर पोस्ट गरिएको थियो । त्यसमा अहिलेसम्म साढे २ करोडभन्दा बढी लाइक आइसकेको छ । 

उता गत वर्ष काइलीले पोस्ट गरेको आफ्नी छोरीको फोटोले १.८० करोड लाइक पाएको थियो । एक्काईस वर्षीया काइलीसँग १० हजार करोड रुपैयाँ बराबरको सम्पत्ति छ र उनी संसारकी पाचौं सबभन्दा लोकप्रिय सेलेब्रिटी हुन् । 

अण्डाको फोटो बाट पोस्ट गरिएको हो । त्यो अकाउन्टबाट यही एउटा फोटो मात्र प्रकाशित छ । पहिलो फोटोले नै यति धेरै लाइक पायो । अकाउन्टमा ३० लाखभन्दा बढी फलोअर्स छन् । 

अण्डाको फोटो पोस्ट गर्ने अकाउन्ट होल्डरले बजफीड, द डेली मेल, सीएनएन, प्युडीपार्ई, द सन जस्ता ठूला वेबसाइटलाई ट्याग गरेका थिए । फोटो पोस्ट गरेर काइली जेनरलाई चुनौती दिइएको थियो । 

अकाउन्ट होल्डरले फोटो पोस्ट गरेर लेखेका थिए, ‘नयाँ विश्व कीर्तिमान बनाऔं र यसलाई इन्स्टाग्राममा सबभन्दा बढी लाइक गरिएको फोटो बनाऔं । अहिलेको विश्व कीर्तिमान काइली जेनरको नाममा छ, त्यसलाई तोडेर देखाऔं ।’