डा. रावलको ट्वीटः 'केपी शर्मा ओली निरंकुश, स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन'

डा. रावलको ट्वीटः 'केपी शर्मा ओली निरंकुश, स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन'

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य भीम रावलले उदाहरण दिदै प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश र स्वेच्छाचारी भएको बताएका छन् ।

विराटनगरमा शनिबार प्रदेशसभामा प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा अदालतले फैसला नगरे आन्दोलन गर्ने चेतावनी दिएपछि नेता रावलले टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्चाल ट्वीटरमा लेखेका छन् ‘प्रधानमन्त्री पदमा रहेर आमसभाबाट सर्वोच्च अदालतलाई धम्क्याउनु, फरार अपराधीहरूलाई गुटमा भित्र्याउनु, राजनीतिको अपराधिकरण गर्नु र आफै कामचलाउ रहेको स्थितिमा हठात् प्रदेश नं.२ का प्रमुखलाई हटाउनुबाट केपी शर्मा ओली निरंकुश,स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि हुन्छ।’

https://twitter.com/BhimRawal179/status/1363161630666756099?s=20