आज तेस्रो क्वाटरफाइनलमा भ्याली च्यासल युवा क्लब र रुस्लान थ्री स्टार भिड्ने

आज तेस्रो क्वाटरफाइनलमा भ्याली च्यासल युवा क्लब र रुस्लान थ्री स्टार भिड्ने

धनगढी : मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

आईतबार धनगढी रंगशालामा भएको दोस्रो क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै नेपाल पुलिस क्लबले अन्तिम चारमा स्थान बनाएको हो । आज तेस्रो वाटरफाइनलमा भ्याली च्यासल युवा क्लब र रुस्लान थ्री स्टार भिड्ने आयोजकले जानकारी दिएको छ । 

मोफसलकै सर्वा्धिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।