कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीमा पुष्प कुँवरको प्यानल विजयी (मतसहित)

कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीमा पुष्प कुँवरको प्यानल विजयी (मतसहित)

धनगढी : नयाँ नेतृत्वका लागि भएको कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा पुष्पराज कुँवर नेतृत्वको प्यानल विजयी भएको छ । 

कोषाध्यक्ष बाहेकका सम्पूर्ण पदाधिकारीमा कु्ँवर नेतृत्वको प्यानलका पदाधिकारी विजयी भएका हुन । 

पु्ष्पराज कुँवर नेतृत्वको प्यानलको उद्योग उपाध्यक्षमा पुष्कर ओझा, वस्तुगत उपाध्यक्षमा शिवराज कुँवर, उपाध्यक्ष वाणिज्यमा गगन केसी विजयी भएका छन । 

महासचिवमा कुँवर प्यानलकै ओम विष्ट र सचिवमा सिद्धराज पनेरु विजयी भएका बेला कोषाध्यक्षमा भने रुपेश स्वाँर नेतृत्वको प्यानलका भीमराज ओझा अब्बु विजयी भए । सदस्यमा भने मिश्रित परिणाम आएको छ । 

डिल्लिराज अवस्थी नेतृत्वको प्यानलले भने कुनैपनि पदमा विजयी प्राप्त गर्न सकेन । 

७ जनाको कार्य समिति र ११ जना सदस्यका लागि भएको निर्वाचनमा तिन प्यानलका ५० जना उम्मेद्वार प्रतिस्पर्धामा थिए । त्यसका लागि शनिवार भएको निर्वाचनमा २ हजार २ सय ६१ मत खसको थियो । 

यसअघि बैशाख २२ गतेका लागि तोकिएको निर्वाचन सदस्यता सम्बन्धि अदालतमा मुद्धा परेपछि स्थगित भएको थियो । सदस्यता छानविनपछि अन्तत चुनाव गरिएको हो । 

हेर्नुुुस अन्तिम मत परिणाम :