कञ्चनपुरको लालझाडीमा आगलागी, ३० हजार बराबरको पराल जलेर नष्ट

कञ्चनपुरको लालझाडीमा आगलागी, ३० हजार बराबरको पराल जलेर नष्ट

कञ्चनपुर । कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका ४ पर्सियामा आइतबार राति आगलागी भएको छ।

पर्सियाका स्थानीय छविलाल चौधरीको घर भन्दा ५० मिटर पर राखिएको ४ विघा जमिनमा उत्पादित परालको टौवामा राति १० बजेतिर आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक अमर थापा श्रेत्रीका अनुुसार प्रहरी र स्थानीयले राति नै सो आगो नियन्त्रणमा लिएका थिए। मानवीय तथा पशु क्षति नभए पनि करिब ३० हजार बराबरको पराल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।