दोस्रो क्वाटरफाइनल खेल मनाङ मर्स्याङदी र नेपाल पुलिस कल्ब बिच प्रतिस्पर्धा हुने

दोस्रो क्वाटरफाइनल खेल  मनाङ मर्स्याङदी र नेपाल पुलिस कल्ब बिच प्रतिस्पर्धा हुने

मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टर तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार धनगढी रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा काक्करभीट्टाले एपीएफलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । आज दोस्रो क्वाटरफाइनल खेल  मनाङ मर्स्याङदी र नेपाल पुलिस कल्ब बिच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।

मोफसलकै सर्वा्धिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।