सासदको बजेटमाथि टिप्पणी : ‘बेहुला बनाउछु भन्थि बहुला बनाएर गई’ भन्ने गीत जस्तै भयो

सासदको बजेटमाथि टिप्पणी : ‘बेहुला बनाउछु भन्थि बहुला बनाएर गई’ भन्ने गीत जस्तै भयो

धनगढी : प्रदेश ७ को सरकारले ल्याएको बजेटमाथिको छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सासदले अडा आलोचना गरिरहेका छन । 

सरकारले असार १ गते ल्याएको २५ अर्व बढीको बजेटमाथिको छलफल ४ गतेदेखि सुरु भएको थियो भने अझै पनि जारी छ । 

बजेटमाथि धारणा राख्दै काग्रेसका सासद श्यामलाल रानाले बजेटले सवै क्षेत्रलाई समेटन नसकेको गुनासो गरे । 

उनले बजेट ल्याउनुअघि अर्थमन्त्री झपट बोहराले विपक्षीलाई पनि बोलाएर बजेटबारे सुझाव मागेको भएपनि विपक्षीले दिएका सुझाव केही नसमेटिएको गुनासो गरे । 

‘बेहुला बनाउछु भन्थि बहुला बनाएर गई’ भन्ने गीत जस्तै भयो प्रदेश सरकारले ल्याएको बजेट ।’ रानाले प्रश्न गरे, ‘बजेट ल्याउनुअघि विपक्षीका कुरालार्ई बजेटमा समेटछु भन्दै सुझाव लिईयो, आश्वासन दिईयो । तर, बजेटमा एउटै कुरा समेटिएन ।’ 

त्यस्तै, काग्रेसका सचेतक टेकबहादुर रैकाले सरकारले प्रतिपक्षको दलको सुझावलाई लत्याउँदै जाने हो भने संसद अवरुद्ध गर्ने चेतावनी दिए । 

उनले आफू र आफ्नो सरकारलाई कसरी फाइदा हुने हो भन्ने विषयलाई मात्र केन्द्रीत गरेर बजेट ल्याइएको आरोप समेत लगाए ।

कांग्रेस संसदीय दलका प्रबक्तासमेत रहेका सांसद डिल्लीराज पन्तले प्रदेश सरकारको एकलौटी पाराले प्रतिपक्षलाई सरकार विरुद्धमा बोल्न बाध्य बनाएको बताए । उनले अहिलेको बजेटले समृद्ध प्रदेश बन्न नसक्ने बताए ।

बजेटबारे छलफलका लागि प्रदेश सभाको अर्को बैठक असार १० गते बस्ने छ ।