कैलाली उद्योग वाणिज्य संघ निर्वाचन : सवा ९ बजेबाट मत गणना सुरु

कैलाली उद्योग वाणिज्य संघ निर्वाचन : सवा ९ बजेबाट  मत गणना सुरु

कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनको मतगणना सुरु भएको छ ।राति साढे ८ बजेबाट मत गणना सुरु गर्ने तयारी भएपनि प्राविधिक ढिलाईका कारण सवा ९ बजेबाट मात्र मत गणना सुरु गरिएको निर्वाचन समितिले जनाएको छ। 

कैलाली उद्योग वाणिज्य संघको सभाहलमा मत गणना भईरहेको हो । त्यहा सुरक्षा व्यवस्था कडा पारिएको छ । मत गणनास्थल बाहिर मतदाताहरु मत परिणाम पर्खिरहेका छन ।विहान साढे ८ बजे सुरु भएको मतदान साझ साढे ४ बजे सम्पन्न भएको थियो ।

आज भएको निर्वाचनमा ८४ प्रतिशत मत खसेको थियो । २ हजार ७ सय ४ जना मतदाता रहेको संघको निर्वाचनमा २ हजार २ सय ६१ मत खसेको निर्वाचन समितिका संयोजक यादव बहादुर भण्डारीले जानकारी दिनुभयो ।

मुख्य सात पदाधिकारी र ११ जना सदस्य गरि १८ जनाको कार्य समितिका लागि हुने निर्वाचनमा तिन प्यानलका ५० जना उम्मेद्वार चुनावी मैदानमा उभिएका हुन ।

संघका वर्तमान महासचिव रुपेश स्वार, कोषाध्यक्ष पुष्पराज कुवर र सदस्य डिल्लिराज अवस्थी प्यानल सहित चुनावी मैदानमा उत्रिनुभएको हो ।

महासचिव रुपेश स्वार नेतृत्वको प्यानलको उपाध्यक्ष उद्योग, बस्तुगत र वाणिज्यमा क्रमशः गजराज पाण्डे, टेक बहादुर खडका र अनिल कुमारले उम्मेद्वारी दर्ता गराएका छन भने महासचिवमा सुरेश पाण्डे, कोषाध्यक्षमा भिमराज ओझा, सचिवमा सुजित शर्माको उम्मेद्वारी परेको छ ।

यस्तै, सदस्यमा तिलक वोहरा, रुपेश खड्का, श्यामराज जोशी, शिव सोव, दुर्योधन स्वर्णकार, भरत थापा, सीता भट्टराई, बसन्त भट्ट, रवि कुँवर, नृपप्रसाद चौधरी र निरज वोहराले उम्मेद्वारी दिनुभएको छ ।

संघका वर्तमान कोषध्यक्ष पुष्प कुवर नेतृत्वको प्यानलको उपाध्यक्ष उद्योगमा पुष्कर ओझा, उपाध्यक्ष (वाणिज्य) मा गगन केसी, उपाध्यक्ष (बस्तुगत) मा शिवराज कुवर, महासचिवमा ओम विष्ट, सचिवमा शिवराज पनेरु र कोषाध्यक्षमा दिनेश लम्सालले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

सदस्यमा तिलक चन्द्र खतिवडा, टोपवहादुर केसी, मनोज अग्रवाल, केशवराज जोशी, लक्ष्मणदत्त पन्त, मिलन कुँवर, शिवराज सापकोटा, सुरेन्द्रकुमार वोहरा, गौतम महतो, राधिका चौधरी र महेन्द्र सिंहले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

सघका वर्तमान सदस्य डिल्लिराज अवस्थीको प्यानलबाट उद्योगतर्फ उपाध्यक्षमा ईन्द्र सेठी, उपाध्यक्ष वाणिज्यतर्फ रामचन्द्र राना, उपाध्यक्ष वस्तुगतमा वासुदेव भट्ट, महासचिवमा नवराज रेग्मी, कोषाध्यक्षमा शैलेन्द्र श्रेष्ठ र सचिवमा जयराज न्यौपाने उम्मेद्वार दिनुभएको हो ।

सदस्यमा रोशन माढीकर्मी, गजेन्द्र खड्का, पदमराज पाठक, शंकर चौधरी, केशव कार्की, सरस्वती चौधरी र प्रमिला पाठकले उम्मेद्वारी दिनुभएको छ ।

यसअघि बैशाख २२ गतेका लागि तोकिएको निर्वाचन सदस्यता विवाद सम्बन्धि मुद्धा परेपछि स्थगित भएका थियो । त्यसपछि सदस्यता छानविनपछि आज चुनाव भएको होे ।