कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा मतदान जारी (फाेटाे फिचर)

कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा मतदान जारी (फाेटाे फिचर)

धनगढी : कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।विहान ८ बजेबाट मतदान सुरु भएको थियाे भने साझ ४ बजेसम्म मतदान गर्न सकिने छ भने अहिले सम्म एक हजार मत खसेको जनाएकाे छ । 

निर्वाचनका लागि चार मतदान केन्द्र बनाईएको छ भने एउटा मतदान केन्द्रबाट एकैपटक चार मतदाताले मतदान गर्न पाउनेछन । जस अनुसार पहिलो मतदान केन्द्र ‘क’ मा मतदाता सख्या एक देखि ६ सय ५४ र ‘ख’ मतदान केन्द्रमा ६ सय ५५ देखि १ हजार ३ सय ७० सम्मका मतदाताले मतदान गर्नुपर्ने छ । 

त्यस्तै, ‘ग’ मतदान केन्द्रमा १ हजार ३ सय ७१ देखि १ हजार ९ सय ६१ तथा ‘घ’ मतदान केन्द्रमा १ हजार ९ सय ६२ देखि २ हजार ७ सय ४ सम्मका मतदातालाई मतदान गर्ने व्यवस्था गरिएको छ । 

मुख्य सात पदाधिकारी र ११ जना सदस्य गरि १८ जनाको कार्य समितिका लागि हुने निर्वाचनमा ५० जनाको उम्मेद्वारी परेको छ । संघका वर्तमान महासचिव रुपेश स्वार, कोषाध्यक्ष पुष्पराज कुवर र सदस्य डिल्लिराज अवस्थी प्यानल सहित चुनावी मैदानमा छन ।