यस्तो रहनेछ आज देशभरको मौसम...!

यस्तो रहनेछ आज देशभरको मौसम...!

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको देखिएको छ । 

बुधबार देशका पहाडी भु भागमा आशिंक बदली रहेको छ भने अन्य भूभाग सामान्यतया सफा रहेको छ ।

तराईका अधिकांश भू भागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।   

आज दिउँसो देशको देशको सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रहनेछ। त्यस्तै पहाडी भू भागमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भु भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै आज पहाडी भू भागमा आंशिक बदली रही बाँकि भू भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भु भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।