विकाशे अड्डालाई बजेट सक्ने चटारो, दैनिक २ करोड निकासा हुदै

विकाशे अड्डालाई बजेट सक्ने चटारो, दैनिक २ करोड निकासा हुदै

धनगढी : चालु आर्थिक वर्ष सकिन करिव तिन साता मात्रै बाकी रहदा कैलालीका विकाशे कार्यालयलाई बजटे सक्ने चटारो परेको छ ।

बजेट सक्ने चटारो स्वरुप कोष तथा लेखा नियन्त्रक कार्यालयबाट दैनिक २ करोड भन्दा बढी रुपैया निकासा भईरहेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा हालसम्म पुजीगत अर्थात विकाशे बजेट ६२ प्रतिशत मात्रै खर्च भएको छ । 

चालु आर्थिक वर्ष २०७४÷७५ का लागि जिल्लामा पुजीगत अर्थात विकाशे बजेट  ६ अर्व २४ करोड १३ लाख मध्ये ३ अर्व ८६ करोड मात्रै खर्च भएको छ । जुन कुल पुजीगत बजेटको ६२ प्रतिशत हुन आउछ । 

कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक मदनराज पाण्डेका अनुसार असार महिनाको ६ दिनमा मात्रै १२ करोड रुपैया निकासा भएको छ । 

यसलाई हेर्ने हो भने जिल्लाका विकाश निर्माणका कार्य गर्ने कार्यालय तथा योजनाहरुले दैनिक २ करोड रुपैया निकासा लिईरहेका छन । यसलाई जानकारहरु आर्थिक वर्षको अन्त्यमा आएर बजेट सिध्याउने चलखेल भएको ठान्दछन ।

चालु खर्च गर्नमा अघि

विकाशे बजेट खर्च गर्न नसकेका कार्यालयले चालु खर्च भने विकाश बजेटको तुलनामा निकै बढी गरेका छन । 

कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक पाण्डे भन्छन, ‘पुजीगत बजेट ६२ प्रतिशत मात्रै खर्च भएका बेला चालु बजेट भने ८८ प्रतिशत खर्च भईसकेको छ । एक हप्ता जतिमा चालु बजेट खर्च गरेर सकिन्छ होला ।’

विकाशे बजेट सन्तोषजनक रुपमा खर्च हुन नसकिरहेका बेला चालु खर्च भने ११ अर्वमध्ये १० अर्व खर्च भईसकेको छ ।

‘१५ प्रतिशत बजेट फ्रिज जाने सम्भावना’

जिल्लामा बजेट विनियोजन गर्दा कम दिइएको भन्दै वर्षेनि आलोचना हुदै आएको छ । तर, हरेक वर्ष ठुलो बजेट खर्च हुन नसकेर फ्रिज जाने गरेको छ । 

‘गर्त आर्थिक वर्ष जिल्लामा ८४ प्रतिशत मात्रै खर्च भएको थियो ।’ पाण्डेले भने, ‘यसवर्ष पनि त्यही हाराहारीमा खर्च हुने देखिन्छ । त्यही ८५, ८६ प्रतिशत जति खर्च हुने सम्भावना छ ।’