कबिता (गणित र म)

कबिता (गणित र म)

जब जब कक्षाकोठामा
खप्टियाका समूह पडाउछु
आमा मलाइ तिम्रो याद आउँछ
गर्व लाग्छ तिम्रो उपसमुह हुनुमा ।

जब जब 
छुट्टिएका समूह पढाउछु
बाबा मलाइ तिम्रो याद आउछ
तिम्रो काम गर्ने खाडी सम्झिन्छु
समय पनि त धेरै भो हामी  छुट्टिएको
दुख लाग्छ तिमिमाझ नहुनुमा ।

दिदी भाइ निस्ठुरी भयो भनेर मन न दुखाउनु
नाफा नोक्सान का हरेक समस्या समाधान गर्दा
तिमिलाइ सम्झिन्छु
याद आउँछ
तिमिले मागे जति पैसा नदिदा मलाइ नाफा भएको
तिमी पनि सम्झिदी हौ 
तिमिले मागे जति नपाउदा नोक्सान भएको
उ बेला बच्चै त थियौ।

कर पडाउदै गर्दा मेरो देशको सरकारलाइ सम्झिन्छु
र जनतालाइ ढाड सेक्ने गरि लगाएको कर को
लेखाजोखा गर्न मन लाग्छ र सम्झिन्छु
गरिबहरु,श्रमिकहरु कहा बाट तिर्दा हुन 
यति विधि करका भारिरु
ए सरकार किन सेक्छस गरिखानेलाइ सधै यसै गरि।

छुट रकम पडाउदै गर्दा
म मेरो गाउकि बाल बिधवालाइ सम्झिन्छु
उनको जीवनका दुखै दुस्ख का चाङ बाट 
अलि कति दुस्ख छुट गरिदिए पनि हुने
उनको एक्लोपनलाइ अलिकती त छुट गरिदिए नि हुने
उनको बिरह बेदनालाइ अलिकती छुट गरिदिए नि हुने ।

जब जब परमिती निकाल्छु,ठोस बस्तुको
गाउले मुखियाको खेतबारि सम्झिन्छु
र आफैलाइ प्रशन गर्छु उसको मात्र 
खेतबारी किन ठूलो ?
क्षेत्रफल सिकाउनु अगावै उसैको आलिसान महल सम्झिन्छु।
र लाग्छ हामी त अनियमित बस्तु हौ 
क्षेत्रफल निकाल्न पनि अर्काको साहारा लिनु पर्ने।

साइला दाइका अनुहारका बक्र रेखा लाई सम्झन्छु
हरेक दिन को ज्यामिती क्लासमा
हातका ठेला सम्झिन्छु
बृत को परिधी निकाल्दा
लाग्छ कैले काइ त 
बक्र रेखालाइ सिधा बनाइदिउ
उसका हातका ठेलाको परिधी निकाली दिउ
बिडम्बना मलाइ उसका हातमा परेका
ठेलाको न परिधी निकाल्न आउँछ
न उसका बक्र रेखा सिधा पार्न।