नेपाल एपीएफ क्लब र मेची नेत्रालय काक्करभीट्टा बिच प्रतिस्पर्धा हुने

नेपाल एपीएफ क्लब र मेची नेत्रालय काक्करभीट्टा बिच प्रतिस्पर्धा हुने

धनगढी : सुदुरपश्चिमको धनगढीमा जारी तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकप को आज पाचौ दिनपहिलो क्वाटरफाइनलमा नेपाल एपीएफ क्लब र मेची नेत्रालय काक्करभीट्टा ट्रेनिङ सेन्टर बिच खेल दिउँसो साढे २ बजे धनगढी रंगशालामा हुने भएको छ ।

शुक्रबारको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २–० ले पराजित गर्दै संकटा अर्को चरणमा पुगेको हो ।सीएमजी क्लब संकटा तेस्रो नेपाल आईस अन्तर्रा्ष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरको छ ।संकटाले माघ १ गते क्यामरुनको धाउफिन्स एफसीकोसामना गर्नेछ ।

मोफसलकै सर्वाधिक  धनराशीको प्रतियोगोता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५ १५ हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल माघ ५ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।