कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा मतदान सुरु

कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा मतदान सुरु

धनगढी : कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अहिले विहान ८ बजेबाट मतदान सुरु भएको छ भने साझ ४ बजेसम्म मतदान गर्न सकिने छ । 

मतदान सुरु भएपनि अहिले केही मतदाता मात्रै मतदान स्थल कैलाली उद्योग वाणिज्यस संघमा उपस्थित छन ।निर्वाचनका लागि चार मतदान केन्द्र बनाईएको छ भने एउटा मतदान केन्द्रबाट एकैपटक चार मतदाताले मतदान गर्न पाउनेछन । 

जस अनुसार पहिलो मतदान केन्द्र ‘क’ मा मतदाता सख्या एक देखि ६ सय ५४ र ‘ख’ मतदान केन्द्रमा ६ सय ५५ देखि १ हजार ३ सय ७० सम्मका मतदाताले मतदान गर्नुपर्ने छ । 

त्यस्तै, ‘ग’ मतदान केन्द्रमा १ हजार ३ सय ७१ देखि १ हजार ९ सय ६१ तथा ‘घ’ मतदान केन्द्रमा १ हजार ९ सय ६२ देखि २ हजार ७ सय ४ सम्मका मतदातालाई मतदान गर्ने व्यवस्था गरिएको छ । 

मतदान गर्नका लागि कैलाली उद्योग वाणिज्य सघको जारी गरेको प्रमाणपत्र र नेपाल सरकारबाट जारी गरिएको परिचय खुल्ने कुनै पनि कागजात अनिवार्य गरिएको संघका कार्यकारी निर्देशक ज्योति भट्टले बताए । 

मुख्य सात पदाधिकारी र ११ जना सदस्य गरि १८ जनाको कार्य समितिका लागि हुने निर्वाचनमा ५० जनाको उम्मेद्वारी परेको छ । 

संघका वर्तमान महासचिव रुपेश स्वार, कोषाध्यक्ष पुष्पराज कुवर र सदस्य डिल्लिराज अवस्थी प्यानल सहित चुनावी मैदानमा छन । 

यसअघि बैशाख २२ गतेका लागि तोकिएको निर्वाचन सदस्यता विवाद सम्बन्धि मुद्धा परेपछि स्थगित भएका थियो । त्यसपछि सदस्यता छानविनपछि चुनाव हुन लागेको हो ।