जय मालिका कलेज सञ्चालक समितिको अध्यक्षमा धामी

जय मालिका कलेज सञ्चालक समितिको अध्यक्षमा धामी

धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको मालिका इङ्गलिस स्कुल प्रा लि तथा जय मालिका कलेज सञ्चालक समितिको अध्यक्षमा मिनबहादुर धामी चयन भएका छन् । 

कलेजका निवर्तमान अध्यक्ष चन्द्र सिह चौधरीको अध्यक्षतामा आज भएको सातौ साधारण सभाबाट धामीको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति गठन गरिएको हो । 

जसमा सञ्चालक चन्द्र सिंह चौधरी, कृष्ण बहादुर बोहरा, निर्जन श्रेष्ठ, दिलिप श्रेष्ठ, अम्बिका सापकोटा र प्रबन्ध संचालक भिम बहादुर बोहरा रहेका छन । 

सभाबाट बसन्ती भट्टको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । जसमा हरि प्रसाद भट्ट र नृप ब बोहरा रहेका छन् । 

शैक्षिक गुणस्तर सहित तथा समयानुकूल परिमार्जित शिक्षा संचालन र शैक्षिक क्षेत्रमा सुधारका लागि नयाँ नेतृत्वले काम गर्ने अध्यक्ष धामीको प्रंतिवद्धता जनाएका छन ।