भुलबस श्री ५ को सरकार हुन पुगेको भन्दै मन्त्री थापाले मागे माफी

भुलबस श्री ५ को सरकार हुन पुगेको भन्दै मन्त्री थापाले मागे माफी

काठमाडौं। खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले सुर्खेतमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा भुलबस श्री ५ को सरकार हुन पुगेकोमा क्षमा मागेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलबस अन्यथा भएको भन्दै त्यसलाई आफूले तत्कालै सच्याएको समेत बताएका छन् । 

उनले भनेका छन्, ‘‘आम नेपाली नागरिक, मेरा शुुभचिन्तक र नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु ।’ उनले आफ्नो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको भन्दै पश्चगमनका पक्षमा आफ्नो साथ नहुने समेत बताएका छन् । 

उनले भनेका छन्, ‘मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’ 

उनले शनिबार सुर्खेतमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा श्री ५ को सरकार शब्द प्रयोग गरेका थिए ।