फुटबल स्टार रोनाल्डो बलात्कार अनुसन्धानमाः प्रहरीले माग्यो डिएनए नमूना

फुटबल स्टार रोनाल्डो बलात्कार अनुसन्धानमाः प्रहरीले माग्यो डिएनए नमूना

अमेरिकी प्रहरीले फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई डिएनए नमूना प्रदान गर्न वारेन्ट जारी गरेको छ।

वाल स्ट्रीट जर्नलका अनुसार पोर्चुगिज स्टार रोनाल्डोले क्याथरिन मोयार्गामाथि बलात्कार अस्वीकार गरेको घटना अनुसन्धानका लागि प्रहरीले उनको डिएनए परीक्षणका लागि मागेको हो।

प्रहरीले रोनाल्डोको डिएनए परीक्षण पश्चात उनी दोषी हुन् या होइनन् पत्ता लाग्ने बताएको छ।

अमेरिकी प्रहरीले रोनाल्डो विरुद्ध इटालीको अदालतमार्फत वारेन्ट जारी गरेको हो। हाल रोनाल्डो इटालीको प्रतिष्ठित क्लब यूभेन्ट्सबाट व्यवसायिक फुटबल खेलिरहेका छन्।

गत वर्षको अक्टोबरमा जर्मन म्यागेजिन डेर स्पाइगलले सन् २००९ मा क्याथरिन मोयार्गामाथि रोनाल्डोले अमेरिकी शहर लास भेगसमा बलात्कार गरेको भन्दै एक प्रतिवेदन नै सार्वजनिक गरेको थियो।

जहाँ क्याथरिनको भनाइहरु समेटिएको थियो। रोनाल्डोले सबै आरोपहरु झुठो भएको बताएका थिए। स्पाइगलका अनुसार रोनाल्डोले बलात्कार गरेपछि क्याथरिनलाई पैसा दिएर घटना लुकाएका थिए।

दुवैबीच घटना लुकाउने सर्त भएको थियो। तर गतवर्ष महिला हिंसा विरद्धको अभियान ‘मिटु’ का कारण क्याथरिनले जर्मन म्यागेजिन डेर स्पाइगलसँग रोनाल्डोले आफूमाथि गरेको बलात्कारको घटना सार्वजनिक गरेकी थिइन्।

रोनाल्डोले घटना सार्वजनिक भएपछि आफूले बलात्कार नगरेको, समाचारहरु आफ्नो इज्जतमाथि आँच आउने किसिमको भएको प्रतिक्रिया जनाएका थिए।

बुधबार मात्र रोनाल्डोकी पूर्व प्रेमिका मोडल जास्मिन लेनार्डले यस घटनामा आफूले मोयार्गालाई सघाउने बताएकी छन्। रोनाल्डो मानसिक रोगी भएका कारण उनले बलात्कार गरेको उनको तर्क थियो।