नगर प्रमुखद्धारा ब्यक्तिगत लगानीमा दर्जनौं बिद्यालयमा अक्षयकोष

नगर प्रमुखद्धारा ब्यक्तिगत लगानीमा दर्जनौं बिद्यालयमा अक्षयकोष

डडेल्धुरा : ब्यक्तिगत लगानीमा परशुराम नगरपालिकाका नगर प्रमुख भिमबहादुर साउँदले दर्जनौं बिद्यालय लाखौंको अक्षयकोष स्थापना गरेका छन् । 

भित्री मधेशका एक दर्जन भन्दा बढी सामुदायिक बिद्यालयमा एक लाख भन्दा बढीका दरले अध्यक्षकोष स्थापना गरेका हुन् । गरिब, जेहेन्दार, अल्पसंख्याकका बालबालिकाहरुलाई अध्ययनमा सहयोग गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिन थालिएको नगर प्रमुख साउदले बताए।

‘गरिब, जेहेन्दार, अल्पसंख्यकका बालबालिकाहरुलाई अध्ययनमा सहयोग अक्षयकोष स्थापनाको अभियान नै शुरु गरेको छु ।’ नगर प्रमुख साउँदले भने, ‘नगर क्षेत्रमा पर्ने सबै ६४ वटै सामुदायीक बिद्यालयमा पाँच बर्ष भित्र अक्षयकोष स्थापना गरिनेछ ।’ 

नगर प्रमुख साउँदले आफ्नो ब्यक्तिगत आम्दानीबाट परशुराम नगरपालिका क्षेत्रका ६४ वटै सामुदायीक बिद्यालयमा अक्षयकोष स्थापना गर्न शुरु गरेका छन् । अक्षयकोषबाट प्रत्येक बर्ष गरिब, जेहेन्दार, अल्पसंख्यक बालबालिकाहरुलाई छात्रबृत्ति बितरण गरिने छ ।