धनगढी : धनगढीमा लामो समयदेखि अटो रिक्सा चलाउँदै आएका व्यक्ति हुन् जीवन चौधरी । उनले धनगढीमा से१ह १९९२ नम्बरको अटो रिक्सा चलाउँदै आएका छन् ।
बिहीबार साँझ जीवन घर फर्कदै गर्दा रिक्सामा ८ हजार ८ सय रुपैंया भेटाए । उनले भेटाएको रकम सिधैं जिल्ला प्रहरी कार्यालयमा बुझाए ।
कैलारी गाउँपालिका-४ बस्ने २८ वर्षीय जीवनले धनगढी बजारको रातोपुल नजिक फेला पार्नासाथ जिल्ला प्रहरी कार्यालयमा बुझाएका हुन् ।
जिल्ला प्रहरी कार्यालयले जीवनले देखाएको इमान्दारिताको कदर गर्दै सम्बन्धित व्यक्तिलाई कार्यालयमा सम्पर्क राख्न अनुरोध गरे ।