महिला क्रिकेट टोली थाइल्याण्ड प्रस्थान

महिला क्रिकेट टोली थाइल्याण्ड प्रस्थान

वुमन ट्वान्टी–२० स्म्यास खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली थाइल्याण्ड प्रस्थान गरेको छ । रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय क्रिकेट टोली आज थाइल्याण्ड प्रस्थान गरेको हो । 

थाइल्याण्डको आयोजनामा शनिबारदेखि सुरु हु्न लागेको ट्वान्टी–२० स्म्यासमा आयोजकका दुई टोली, म्यानमार, इन्डोनेशिया, भुटान, चीन, मलेशिया, हङकङ, संयुक्त अरब एमिरेट्स (युएइ) र नेपाल गरी १० टोली सहभागि हुँदैछन् । 

यसअघि तान्जनिया, नामिबिया र कुबेत गरी खेलतालिका सार्वजनिक गरेको आयोजकले नयाँ खेलतालिकाका सार्वजनिक गरेको छ । जसमा नेपाल युएई, चिन, मलेशिया र थाइल्याण्ड रहेको समूह ए मा छन् ।

समूह बि मा थाइल्याण्ड, हङकङ, इन्डोनेशिया, भुटान र मलेशिया छन् । शनिबार पहिलो खेल चिनसँग खेल्दै प्रतियोगिता सुरुवात सुरु गर्ने नेपालले २९ गते आइतबार समूहको दोस्रो खेलमा मलेशियासँग खेल्नेछ । 
३० गते युएईसँग खेल्ने नेपालले समूहको अन्तिम खेल माघ २ गते थाइल्याण्ड ए सँग खेल्नेछ । समूहका शिर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

फागुनमा हुन गइरहेको आइसीसी महिला ट्वान्टी–२० विश्वकप छनोटको तयारी स्वरुप थाइल्याण्डले स्म्यासको आयोजना गरेको हो । बिनोद दासको प्रशिक्षणमा नेपाली टोलीले ३ साताको अभ्यास गरेको छ । 

टोलीमा रुविना क्षेत्री (कप्तान) सिता रानामगर (उपकप्तान), करुणा भण्डारी, सरीता मगर, नेरी थापा, इन्दु बर्मा, सानु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, ममता कुमारी चौधरी, डली भटट्, विन्दु रावल छन् ।