वडाध्यक्षद्वारा ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण

वडाध्यक्षद्वारा ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–१ का अध्यक्ष शर्मानन्द भट्टले ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेका छन् ।

वडाध्यक्ष भट्टले २५० जना ज्येष्ठ नागरिकहरुलाई चिसोबाट बच्नका लागि शुक्रबार ब्ल्यांकेट वितरण गरेका हुन् ।उनले आफ्नो रकमबाट २५० जनालाई न्यानो कपडा वितरण गरेको बताए ।

सबै नागरिकहरूले चिसोमा न्यानोसँग बस्न पाउन र ज्येष्ठ नागरिकको मनोबलमा सकारात्मक सोचको विकास र ज्येष्ठ नागरिकले जनप्रतिनिधि भएको अनुभूति गर्न पाउन भन्ने उदेश्यले ज्येष्ठ नागरिकलाई न्यानो कपडा बितिरण गरेको उहाको भनाई छ ।