एकाविहानै बाँसको झारीमा कसले फाल्यो ८ महिने वेवारिसे शिशुको शव ?

एकाविहानै बाँसको झारीमा कसले फाल्यो ८ महिने वेवारिसे शिशुको शव ?

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–१८ फुलबारी ‘ए’ गाउँमा बेवारिसे अवस्थामा शिशुको शव फेला परेको छ । 

बाँसको झारीमा झन्डै ८ महिनाको शिशुको शव भेटिएको प्रहरीलेले जानकारी दिएको छ ।

शुक्रवार विहान फेला परेको शवलाई पोष्टमार्टमका लागि धनगढीको सेती अञ्चल अस्पतालमा ल्याईएको छ । 

‘शुक्रवार विहानै स्थानीयले खवर गरेपछि बाँसको झारीमा झन्डै ८ महिनाको शिशुको शव भेटिएको छ ।’ जिल्ला प्रहरी कार्यलय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक हरि बहादुर वलीले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ ।’ 

वेवारिसे अवस्थामा भेटिएको शिशुको शव कुहिने अवस्थामा रहेकाले केही दिन पहिले नै फालिएको आशंका प्रहरीको छ । 

अवैध सम्बन्धबाट जन्मिएको शिशुलाई बाँसको झारीमा फालिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।