धनगढी : सुदुरपश्चिमको धनगढीमा जारी तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकप को आज चौथोे दिन गोर्खा ब्वाइज रुपन्देही र सीएमजी क्लब संकटा बिच खेल दिउँसो साढे २ बजे धनगढी रंगशालामा हुने भएको छ ।
नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तराष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपअन्तर्गत बिहिवार भएको खेलमा भ्याली च्यासल युवा क्लबले दिल्ली फुटबल क्लबलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको हो ।मोफसलकै सर्वाधिक धनराशीको प्रतियोगोता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५ १५ हजार रुपैयाँ पाउने छन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल माघ ५ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।