धनगढीको वडा नम्बर १० द्धारा कम्वल वितरण

धनगढीको वडा नम्बर १० द्धारा कम्वल वितरण

धनगढी । धनगढी उप–महानगरपालिका–१० का जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई सोमबार कम्वल वितरण गरिएको छ ।

धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र वडा नं १० का वडा अध्यक्ष राजेन्द्र रानाले वडाका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई जाडोमा ओढ्नका लागि कम्वल हस्तान्तरण गरेका हुन ।

‘जाडोको सबैभन्दा बढी प्रभाव जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई पर्ने गर्दछ,’ नगरप्रमुख वडले भने, ‘त्यसैले उहाँहरुलाई राहत पुगोस भनेर कम्वल वितरण गरेका हौं ।’