निर्देशक दिनेश राउतको 'प्रकाश' बाट धनगढीकी रेनुको डेब्यू

निर्देशक दिनेश राउतको 'प्रकाश' बाट धनगढीकी रेनुको डेब्यू

निर्देशक दिनेश राउतको निर्देशनमा फिल्म ‘प्रकाश’ फागुन दोस्रो साताबाट छायांकन सुरु हुँदैछ। फिल्ममा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा देखिँदैछन्। उनीसँगै पर्दामा रेनु योगी देखिने भएकी छिन्। ‍

धनगढीकी रेनुको 'प्रकाश' डेब्यू फिल्म हो। स्नातक गरिरहेकी रेनु थिएटर कलाकार हुन्। हालसम्म १० वटाभन्दा बढी नाटक, छोटो फिल्म र ‘एसिड कान्ड’ नामक वृत्तचित्रमा काम गरिसकेकी रेनुले सन् २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नामक नाटक खेलेकी थिइन्।

रेनुको प्रस्तुति राम्रो भएको र फिल्मलाई आवश्यक पात्रमा 'फिट' हुने भएकाले उनलाई फिल्ममा लिन लागेको निर्देशक दिनेश बताउँछन्। उनी भन्छन्, 'रेनुको प्रस्तुति र क्यारेक्टर मिल्ने भएकाले सिनेमामा लिएका हौं।' उनलाई कास्टिङ निर्देशक अनुप बरालले अडिसनमार्फत छनौट गरेका हुन्।

जुम्लामा छायांकन हुने फिल्म 'प्रकाश' ४५ दिनमा छायांकन सक्ने तयारी गरिएको छ। बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन्। यसको कथा विकास सुवेदीले लेखेका छन् भने निर्देशन दिनेशले गर्दैछन्। 

निर्देशक दिनेशले यस अघि आइ एम सरी (२०१२), नोभेम्बर रेन (२०१४), क्लासिक (२०१६),  पर्व (२०१७), प्रसाद (२०१८) जस्ता फिल्म निर्देशन गरिसकेका छन्।