नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना पुष्टि, १० को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना पुष्टि, १० को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ३३९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४८५८ जनाको गरिएको पीसीआर परीक्षणमा ३३९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४०१ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको छ । नेपालमा निको हुने दर ९८ दशमलव १ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०११ रहेको छ ।