चाडै भूमिहिन र सुकम्वासीलाई जग्गाधनी बनाउँछौं : नगर प्रमुख वड

चाडै भूमिहिन र सुकम्वासीलाई जग्गाधनी बनाउँछौं : नगर प्रमुख वड

धनगढी । धनगढी उप–महानगरपालिकाले भूमिहिन र सुकम्वासीहरुको पहिचान, लगत संकलन र प्रमाणिकरण लगायतको काममा खटिने कर्मचारीहरुलाई अभिमूखीकरण तालिम दिएको छ ।

भूमिहिन र सुकम्वासीहरुको पहिचान, लगत संकलन गर्दा अपनाईने विधी, फराम भर्ने तरिका, फारामका किसिम, लगत संकलनमा अपनाउनुपर्ने सजकताका वडाका वडा सचिव, सामाजिक परिचालकहरु, भूमिहिन र सुकम्वासी लगत संकलन इकाई कार्यालय  कर्मचारीहरुलाई अभिमूखीकरणमा गरिएको धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले बताए ।

धनगढी उप–महानगरपालिकाले आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा भूमी सम्वन्धी समस्या समाधान आयोगका कर्मचारीहरुले सहजीकरण गरेको नगरप्रमुख वडले बताए । ‘कुनैपनि भूमिहिन र सुकम्वासीहरु जग्गाधनी पूर्जा पाउनबाट छुट्नु हुदैन भन्ने हो,’ नगरप्रमुख वडले भने, ‘त्यसका लागि लगत संकलनदेखि नै त्रुटी हुनुहुदैन्।’

भूमिहिन र सुकम्वासीहरुलाई जग्गाधनीपूर्जा दिने कुरो चुनावी घोषणापत्रमा नै राखेको बताउदै नगरप्रमुख वडले भने, ‘त्यो कार्यकाल भित्रै पुरा गर्ने छौं । चाँडै भूमिहीनलाई जग्गा धनी बनाउँछौं ।’ धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले लगत संकलनका लागि चाडै कर्मचारीहरु फिल्डमा खटिने बताईन । धनगढी उप–महानगरपालिकाले सुकम्वासी लगत संकलन इकाई कार्यालय स्थापना गरेर काम थालिसकेको छ ।