बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते

बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते

बाजुरा । बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा जीप दुर्घटना भएको हो ।

प्रहरीका अनुसार  बिहान ७ बजे खप्तड छेडेदह–२ मयागडामा जिप दुर्घटना भएको हो । गाडी सडकमै पल्टेकोले धेरै क्षती नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।