ह्वाटसएपले थप्दैछ नयाँ फिचर, अब च्याटिङमा पाउनुहुनेछ यस्तो सुविधा

ह्वाटसएपले थप्दैछ नयाँ फिचर, अब च्याटिङमा पाउनुहुनेछ यस्तो सुविधा

च्याटिङ एप ह्वाटसएपले प्रयोगकर्तालाई थप सुविधा दिन नयाँ फिचर लञ्च गर्दै आइरहेको छ ।ह्वाटसएपममार्फत प्रयोगकर्ताले भिडियो कल, म्यासेज, भ्वाइस कल लगायतका सुविधा प्राप्त गरिरहेका छन् । अब ह्वाटसएपले स्टिकर सर्टकट नामक फिचर पनि थप गर्ने भएको छ ।

यो फिचर विश्वभरका ह्वाटसएप प्रयोकर्ताले एकसाथ पाउनेछन् । साथै ह्वाटसएपको यो फिचर च्याटबारमा पनि देखिनेछ । यो सुविधापछि प्रयोगकर्ताले स्किटरहरु सहजै रुपमा भेट्न सक्नेछन् । यसले प्रयोगकर्तालाई च्याट गर्दा सहज हुने कम्पनीको विश्वास छ ।

साथै ह्वाटसएपमा नयाँ एनिमेटेड स्टिकर पनि रिलिज गरिएको छ । यो फिचर हालका लागि ह्वाटसएप वेबका लागि मात्र उपलब्ध छ ।