कञ्चनपुरको ढक्का शिविरमा जङ्गली हात्तीको आतङ्क

कञ्चनपुरको ढक्का शिविरमा जङ्गली हात्तीको आतङ्क

कञ्चनपुर  । कञ्चनपुरको लाल झाडी गाउँपालिकास्थित ढक्का शिविरमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । गए राति ढक्का शिविर प्रवेश गरेको जङ्गली हात्तीको बथानले १३ परिवार आरक्ष पीडितका टहरा भत्काएको छ ।

जङ्गली हात्तीको बथानले दर्जनभन्दा  बढी घर टहरा भत्काई भण्डार गरिएको खाद्यान्न र खेतमा लगाएको गहुँ बाली समेत नष्ट गरेको आरक्ष पीडित सङ्घर्ष समिति कञ्चनपुरका अध्यक्ष हिरा सिंह भण्डारीले जानकारी दिनुभयो ।

हात्तीको बथानले घर टहरा भत्काएपछि पीडित परिवारको थप बिचल्ली भएको छ भने पुरै बस्ती त्रसित बनेको छ ।