रेडियो धनगढीकर्मी श्रेष्ठमाथि दुर्व्यवहार गर्ने मालपोतका प्रमुखविरुद्ध प्रहरीमा उजुरी

रेडियो धनगढीकर्मी श्रेष्ठमाथि दुर्व्यवहार गर्ने मालपोतका प्रमुखविरुद्ध प्रहरीमा उजुरी

धनगढी । रेडियो धनगढीका समाचार संयोजक तथा अर्थ सरोकार डटकमका सुदूरपश्चिम ब्युरो संयोजक सुदर्शन श्रेष्ठमाथि दुव्र्यवहार गर्ने मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । श्रेष्ठले आफुमाथि दुर्व्यवहार, हातपात र हतोत्साहित गर्ने कार्य भएको भन्दै केसीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनगढी, कैलालीमा उजुरी दर्ता गरेका हुन् । 

मालपोत कार्यालय कैलालीमा भएको बेतिथिबारे समाचार संकलन गर्न गएका श्रेष्ठमाथि आइतबार कार्यालयका प्रमुख केसीले दुर्व्यवहार र हातपातको प्रयास गरेका थिए । उनले गरेको दुर्व्यवहार र हातपातको प्रयासको चौतर्फी आलोचना भएको छ । विभिन्न पत्रकार संगठनहरुले यसको खुलेरै विरोध गरेका छन् ।

कर्मचारीको मनपरीका कारण सास्ती खेप्नुपरेको भन्ने सेवाग्राहीको गुनासोपछि आइतबार रिर्पोटिङका लागि मालपोत कार्यालय पुगेका पत्रकार श्रेष्ठमाथि प्रमुख केसीले हातपातको प्रयास गर्दै कार्यकक्षमै दुर्व्यवहार गरेका थिए । 

No description available.