कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी ७ दिनदेखि वेपत्ता

कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी ७ दिनदेखि वेपत्ता

धनगढी । धनगढीमा अध्ययनरत एक जना विद्यार्थी वेपत्ता भएका छन् । अछाम मंगलसेन–११ खिमाडा घर भइ कैलाली बहुमुखी क्याम्पसमा कक्षा १२ (बिज्ञान संकाय) मा अध्ययनरत प्रशान्त भण्डारी एक हप्तादेखि सम्पर्कविहिन भएका हुन् ।

उनी धनगढी क्याम्पस रोडमा डेरा गरि  बस्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले भण्डारी वेपत्ता रहेको जानकारी आएको र खोजी भईरहेको जानकारी दिए ।

उनका आफ्न्तले कहिँ कतै भेटाएमा नजिकको प्रहरीलाई खबर गरिदिनु र निम्न उल्लेखित नम्बरमा सम्पर्क गरी सहयोग गर्न अपिल गरेका छन ।

9848690814 - ललित भण्डारी (बुवा)

9842179243 जगत भण्डारी

9868538608 भरत रावल