पत्रकार श्रेष्ठमाथि दुर्व्यवहार भएको घटना प्रति युनियन कैलालीको गम्भीर ध्यानाकर्षण

पत्रकार श्रेष्ठमाथि दुर्व्यवहार भएको घटना प्रति युनियन कैलालीको गम्भीर ध्यानाकर्षण

धनगढी । जिल्ला मालपोत कार्यालय कैलालीका प्रमुखले पत्रकारमाथि गरेको दुव्र्यवहार प्रति दुव्र्यवहार गरेको घटना प्रति नेपाल प्रेस युनियन कैलालीको गम्भीर ध्यानाकर्षण भएको छ । समाचार संकलनका क्रममा रेडियो धनगढीका समाचार संयोजक तथा अर्थ सरोकार सुदूरपश्चिम संयोजक सुदर्शन श्रेष्ठमाथि कार्यालय प्रमुख सुरेन्द्र केसीले अपशब्द बोल्दै दुव्र्यवहार गरेको घटनाप्रति युनियन कैलालीको गम्भीर ध्यानाकर्षण भएको हो ।

नेपाल प्रेस युनियन कैलालीका सचिव सीताराम ओझाद्धार जारी प्रस विज्ञप्तीमा भनिएको छ,“स्वतन्त्र प्रेस जगतको पक्षमा युनियन प्रतिबद्ध रहेकोले पत्रकार र प्रेस जगतमाथि हुने कुनै पनि घटनाको भत्र्सना गर्दछ ।’ सरकारी कार्यालयभित्रै गाली गलौच, हातपात र दुव्र्यवहारको घटनाको खेद प्रकट गर्दै घटनामा संग्लन कार्यालय प्रमुख केसीलाई कानूनी कारवाहीको माग गर्दछौं ।”

कर्मचारीको मनपरीका कारण सास्ती खेप्नुपरेको भन्ने सेवाग्राहीको गुनासोपछि आर्ईतबार रिर्पोटिङका लागि मालपोत कार्यालय पुगेका पत्रकार श्रेष्ठमाथि प्रमुख केसीले हातपातको प्रयास गर्दै कार्यकक्षमै दुर्व्यवहार गरेका थिए ।