रेडियो धनगढीका समाचार संयोजक श्रेष्ठमाथि दुव्र्यवहार भएको प्रति महासंघको ध्यानाकर्षण

रेडियो धनगढीका समाचार संयोजक श्रेष्ठमाथि दुव्र्यवहार भएको प्रति महासंघको ध्यानाकर्षण

धनगढी । जिल्ला मालपोत कार्यालय कैलालीका प्रमुखले पत्रकारमाथि गरेको दुव्र्यवहार प्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटीको ध्यानाकर्षण भएको छ ।  समाचार संकलनका क्रममा रेडियो धनगढीका समाचार संयोजक तथा अर्थ सरोकार सुदूरपश्चिम संयोजक सुदर्शन श्रेष्ठमाथि कार्यालय प्रमुख सुरेन्द्र केसीले अपशब्द बोल्दै दुव्र्यवहार गरेको घटनाप्रति महासंघको ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघ प्रदेश कमिटी महासचिव योगेश रावलद्धारा जारी प्रस विज्ञप्तीमा भनिएको छ,“नागरिकको जनगुनासो पछि समाचार संकलनका क्रममा पुगेका पक्रकारसँग आफ्ना धारणा राख्नुपर्ने कार्यालय प्रमुख केसीले उल्टै दुव्र्यवहार गरेको पाईएको छ ।’ महासंघ पत्रकार श्रेष्ठमाथि दुव्र्यवहार गर्ने कार्यालय प्रमुख केसीको व्यवहार प्रति खेद व्यक्त गर्दछ ।”

कर्मचारीको मनपरीका कारण सास्ती खेप्नुपरेको भन्ने सेवाग्राहीको गुनासोपछि आर्यतबार रिर्पोटिङका लागि मालपोत कार्यालय पुगेका पत्रकार श्रेष्ठमाथि प्रमुख केसीले हातपातको प्रयास गर्दै कार्यकक्षमै दुर्व्यवहार गरेका थिए ।