बैतडीमा २ हजार जनालाई कोरोना विरुद्धको खोप लगाइने

बैतडीमा २ हजार जनालाई कोरोना विरुद्धको खोप लगाइने

बैतडी । कोरोना महामारी नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका बैतडीका १ हजार ९ सय जनालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ। सबै स्थानीय तहहरूमा तथ्यांक संकलन भइरहेको छ। सरकारले स्वास्थ्यकर्मी, सफाईकर्मी र सुरक्षाकर्मीलाई कोरोना विरुद्धको खोपमा प्राथमिकता दिने भएपछि बैतडीमा पनि तथ्यांक संकलन भइरहेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी र एम्बुलेन्स चालकको नाम पठाउन भनेपछि अहिले सबै स्थानीय तहहरूले नाम पठाउन थालेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। उनले भने, ‘प्रदेश सरकारलाई १ हजार ९ सय जनालाई खोप लगाउने भनेर सिफारिस गरेका छौं, सोही अनुसार हाल नाम दर्ताको काम भइरहेको छ ’

जिल्लाबाट एक हजार बढी स्वास्थ्यकर्मी, सफाईकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको नाम अनलाइनमा दर्ता गरेको स्थानीय तहहरूले जनाएका छन्।