अछामका स्थानीय तहका २७ उजुरी अख्तियारमा

अछामका स्थानीय तहका २७ उजुरी अख्तियारमा

अछाम । अछाम जिल्लाका ९ स्थानीय तहका २७ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको पाइएको छ । जिल्लाका १० मध्ये ९ स्थानीय तहका २७ वटा उजुरी आयोगमा परी छानविन प्रक्रिया अघि बढिरहेको आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ ।

सबैभन्दा बढी जिल्लाको ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाको ६÷६ वटा उजुरी परेका छन् भने सबैभन्दा कम चौरपाटी गाउँपालिकाको १ उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ ।

त्यसैगरी जिल्ला सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिकाको ४, बान्नीगढी जयगढ गाउँपालिकाको ३, पंचदेवल बिनायक नगरपालिकाको २, रामारोशन गाउँपालिका र साँफेबगर नगरपालिकाको २÷२ उजुरी परेको आयोगका सूचना अधिकारी हरिचन्द्र जोशीले बताउनुभयो ।

उपभोक्ता समितिमा आफ्नो मान्छे राख्ने, पुर्वाधारमा गुणस्तर काम नगरेको, किर्ते हस्ताक्षर गरे रकमको दुरुपयोग र अधिकारको दुरुयोग गरेका जस्ता प्रकृतिका उजुरी आउने गरेको उहाँको भनाई छ । देश संघीयतामा गएपछि स्थानीय तहबाट भएका कामका बिषयमा अख्तियारमा उजुरीका पर्ने क्रम बढ्न थालेको छ ।