नेपालविरुद्धको एकदीवसीय र टी–२० क्रिकेटका लागि यूएईको टिम घोषणा

नेपालविरुद्धको एकदीवसीय र टी–२० क्रिकेटका लागि यूएईको टिम घोषणा

नेपालविरुद्धको तीन एकदिवसीयका लागि संयुक्त अरब इमिरेट्स (यूएई)ले मोहम्मद नाभिदलाइ कप्तान चयन गरेको छ । यूएई क्रिकेट बोर्डले १६ सदस्यीय टोली घोषणा गर्दै नाभिदलाई कप्तान चयन गरेको हो ।

नियमित कप्तान रोहन मुस्तफा निलम्बनमा परेका बेला नाभिदले नेपालविरुद्ध कप्तानी गर्ने भएका छन् । मुस्तफा, अहमद राजा र रमीजशहजादलाई ८ साताको प्रतिबन्ध लगाइएको छ ।  उनीहरूलाई यूएईको बोर्डविरुद्ध बोलेको भन्दै निलम्बन गरिएको हो । जसका कारण तीनै खेलाडीले नेपालविरुद्धको सिरीज गुमाउने भएका छन् । 

नेपालले २५ जनवरीमा पहिलो, २६ मा दोस्रो र २८ जनवरीमा तेस्रो एकदिवसीय खेल खेल्दैछ । त्यसपछि ३१ जनवरी देखि ३ फेब्रुअरीसम्म तीनवटा टी–२० खेल खेल्ने तय भइसकेको छ । जसका लागि नेपाली क्रिकेट टिमले तयारी सुरू गरिसकेको छ भने यूएईले क्याम्पमा राखिसकेको छ ।

यूएई टिम 

मोहम्मद नाविद (कप्तान),मोहम्मद उस्मान(उपकप्तान),जहूर खान, कदीर अहमद, फहद नवाज, अब्दुल शकूर, सुल्तान अहमद, सीपीरिजवान, चिराग सुरी, मोहम्मद बुटा, शमन अनवार, गुलाम शब्बर, इमरान हैदर, ताहिर मुगल, अमिर हयात