दार्चुलामा प्रधानमन्त्री र अध्यक्ष रोजगार कार्यक्रम बाट झण्डै २ सयले रोजगारी पाउने

दार्चुलामा प्रधानमन्त्री र अध्यक्ष रोजगार कार्यक्रम बाट झण्डै २ सयले रोजगारी पाउने

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम र गाउँपालिका अध्यक्ष स्वरोजगार कार्यक्रम अन्तर्गत झण्डै दुई सय जनालाई रोजगारी दिने भएको छ । 

गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले स्वरोजगारको लागि आवेदन भरेकाहरुलाई रोजगार दिने गरी कार्यविधि पारित गरेको हो । 

रोजगार कार्यक्रममा गरिव, असहाय, कोरोनाले गर्दा बेरोजगार भएका, कमजोर आर्थिक अवस्था भएकाहरुलाई समेटिने बताइएको छ । यो कार्यक्रम अन्तर्गत कम्तीमा एक जना बेरोजगार व्यक्तिले १ सय दिनसम्मको काम पाउने छन् । 

पहिलो चरणमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ५ लाख देखि १० लाख बजेटसम्मका २५ वटा योजना छनौट गरिएका र गाउँपलिका अध्यक्ष स्वरोजगार कार्यक्रम अन्तर्गत ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाइएको छ ।