प्रवास कोरोनाबाट विदेशमा थप ९ नेपालीको मृत्यु

प्रवास कोरोनाबाट विदेशमा थप ९ नेपालीको मृत्यु

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ४ जना,  कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको  निधन भएको हो ।  गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा  ३ सय २७ पुगेको  छ ।    

संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार  शनिवार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये  ५३ हजार ४ सय ३२ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, प्रोतुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापान लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय ९४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६९ हजार १ सय ८०  जना छ भने  २ लाख ६३ हजार ७ सय ३४  जना अर्थात ९७.५ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।