प्रधानमन्त्री दाङ्ग जाने

प्रधानमन्त्री दाङ्ग जाने

पार्टी विभाजनपछि संगठन निर्माणमा जुटेको नेकपाको ओली समूहले सोमबार दाङको देउखुरीमा जनसभा गर्ने भएको छ।उक्त कार्यक्रममा सहभागी हुन निमन्त्रणा कार्ड बनाएर व्यक्ति व्यक्तिलाई पठाइँदै छ। प्रधानमन्त्री ओली स्वयंले सम्बोधन गर्ने सभालाई ‘राष्ट्रियता र पार्टी निर्माणको अभियान’ भनेर प्रचार गरिएको छ।

प्रधानमन्त्री नै जाने कार्यक्रम र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको गृहजिल्ला भएकाले ओली समूहले प्रतिष्ठाको विषय बनाएको छ। केन्द्रीय समितिका झन्डै दुई तिहाइ सदस्य प्रचण्ड-माधवतिर लागेपछि रक्षात्मक देखिएको ओली समूहलाई दाङको कार्यक्रममा सहभागीको संख्या बढी देखाउनुपर्ने चुनौति छ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका विरुद्ध अन्य राजनीतिक दलहरु आन्दोलित भैरहेका बेला ओली समूह भने निर्वाचनको तयारी भन्दै देशभर कार्यक्रम गर्दै हिंडेको हो ।