कटुवा पेस्तोल सहित एक जना पक्राउ

कटुवा पेस्तोल सहित एक जना पक्राउ

धनगढी : प्रहरीले कटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । 
जिल्लाको गोदावरी नगरपालिका, २ बनखेतमा चेकजाचको क्रममा सोही ठाउका २५ वर्षका तोय नाथलाई पेस्तोल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेका अनुसार नाथलाई मगलवार राती पक्राउ गरिएको हो ।  

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान भईरहेको घिमिरेले बताए ।