नेपालमा कोरोना खोप अभियान माघ १४ देखि सुरु

नेपालमा कोरोना खोप अभियान माघ १४ देखि सुरु

भारतले नेपाल सरकारलाई उपलब्ध गराएको कोरोनाविरुद्धको खोप अभियान माघ १४ गतेदेखि सुरु गरिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

उनले नेपाल सशस्त्र प्रहरीको २०औं स्थापना दिवसमा सम्बोधन गर्दै यस्तो भनेका हुन् । पहिलो चरणमा कोरोना भाइरस नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, सफाइकर्मी, सुरक्षाकर्मीहरुलाई खोप लगाउने बताएका छन ।

उनले करिब ४ लाख ५० हजार फ्रन्टलाइनरहरुलाई पहिलो चरणमा खोप लगाउने र अर्को चरणको खोप ल्याउने प्रयासमा पनि लागिरहेको बताए।